नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको बैठक सुरु भएको छ। कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको उक्त नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ शीर्षकको १० पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका छन् ।


अन्तरास्ट्रिय गित गाउदै शुरु भएको बैठकमा गत बैशाखमा एकता गरिएका माओवादी समाजवादी र श्रमिक जनता पार्टी सहितको एकता प्रक्रियालाई सहभागी केन्द्रिय सदस्यहरुले जोडदार तालि बजाएर खुशीयाली मनाएका छन भने महासचिव विप्लव सी लगायत सबै केन्द्रिय सदस्यहरुले परिचयात्मक कार्यक्रम समेत गरेका छन।
राजनीति , संगठन, आर्थिक , सास्कृतिक, सुचना सञ्चार र विविध गरि १० ओटा एजेन्डा प्रस्तुत गरिएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव माथी समुहगत रूपमा छलफल गर्न १० ओटा ग्रुपमा बिभाजन गरिएको छ भने प्रस्तावमा देशको समसामयिक परिस्थिति , आर्थिक- राजनीतिक संकट , नेकपाको ऐतिहासिक कार्यभार र पहलकदमी, आजको अन्तरास्ट्रिय अन्तरबिरोधको स्थिति ,नेपालमा कम्युनिस्ट , माओवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको ध्रुवीकरणको अपरिहार्यताका बिषयमा पार्टी दृस्टीकोण प्रस्तुत गरिएको बताइएको छ भने बैठक आगामी १३ गतेसम्म जारी रहने छ।