‘नवदलाल  पुँजीवादी  निरंकुशतालाई ताेडने क्षमता नेकपा (माओवादी) संग मात्रै छ’

२०८३ जेष्ठ ११ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले नवदलाल  पुँजीवादी  निरंकुशतालाई ताेडने क्षमता  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)संग मात्रै भएको ठोकुवा गरेका छन्। आइतबार सो  पार्टीको  कालिकोट जिल्लाको १२ औँ   पूर्ण बैठक तथा  प्रशिक्षण कर्याक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। 

प्रवक्ता प्रकाण्ड सीले नेपालकाे बिगतकाे राजनीतिमा क्रमभङ्ग भएको उल्लेख गर्दै  बिगतका शासक  र संसदीय ब्यवस्था  भङ्ग भएको बताए।  उनले  नेपालकाे राजनीति  बिगतका शासक  र संसदीय ब्यवस्थाको बसभन्दा बाहिर गएको तथ्य प्रस्तुत गर्दै  यसलाई सहि  ट्रयाकमा ल्याउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काँधमा आएको बताए।  

प्रवक्ता प्रकाण्ड सीले  ७६   बर्षकाे   कम्युनिस्ट आन्दोलनका  चुनाैतिपुर्ण कार्यहरू फत्ते गर्ने कार्य  संसदीय बंमपन्थि दल र नेताबाट   सम्भव नभएको बताउदै त्यो  कार्यभार  पूरा गर्ने  नेपाल   कम्युनिस्ट पार्टी (माओवादी)बाट  मात्र भएको बताए । उनले भने- ‘आजको राष्ट्रिय राजनितिमा  हेर्नु भयो भने सबैभन्दा राम्रो र असल पार्टी नेपाल कम्युनिस्ट पार्टी  (माओवादी) मात्र छ।  अरु बंमपन्थि र संसदीय पार्टीहरू बिघटन  जस्तै भएका छन् ।’

प्रवक्ता प्रकाण्ड सीले  ७६ बर्षकाे कम्युनिस्ट आन्दोलन १० बर्षको जनयुद्ध, जेनजी  बिद्रोह पछिको नेपालको विघटित  राजनीतिलाई सहि ट्रयाकमा ल्याउन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को काँधमा धेरै ठुलो जिम्मेवारी आएको बताउदै  जाे निरन्तर लाग्छन् त्यो नै सच्चा क्रान्तिकारी हुने बताए  । उनले पार्टीले  एकीकृत जनक्रान्तिकाे एक माेर्चाकाे रूपमा प्रयोग गरेको बताउदै  नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको क्रान्ति भनेको बिगतका क्रान्तिहरुको फोटोकपी  नभएको बताए   ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  न्यायकाे भिख  माग्ने  पार्टी नभएको  र  आवश्यक पर्दा बलिदान दिने  पार्टी भएको बताए  । उनले चुनावलाई प्रयोग गर्ने नीति संसदबादी नीति नभई क्रान्तिकारी नीति भएको बताए।  उनले बहिष्कारकाे माेर्चा चुनावी  माेर्चा भन्दा कम्जोर देखिएकोले चुनावी माेर्चालाई नयाँ तरिकाले प्रयोग गरेको बताउदै भने- ‘चुनावी माेर्चालाई जनअधार  , क्रान्तिकाे आधार बनाउने हिसाबले प्रयोग गरिएको हो ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले पार्टी दर्ता गर्दा संसदवादी नहुने तथ्य प्रस्तुत गर्दै  क्रान्तिकारी बिचारबाट बाहिर गएपछि  पार्टी संसदवादी हुने बताउदै भने- ‘हाम्रो राजनीति कार्याक्रम भनेको नेपाली बिशेषताकाे समाजवाद हाे।  दलाल संसदवादी पार्टीको बिकल्पमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भएपछि   साम्राज्यवाद  हाम्रो विरुद्धमा लागेको  छ।  यो कुरा राष्ट्रिय राजनीतिमा मात्र खतरा नभएर  अन्तरास्ट्रिय रूपमा समेत  खतरा हुने देखेपछि हाम्रो विरुद्धमा नेपालका नवदलालहरु र साम्राज्यवादी लागेका हुन् ।’

  यसैगरी, प्रवक्ता प्रकाण्ड सी   सोमबार बिहानदेखि उत्पादन कार्यमा जोडिएको समेत बताइएको छ। 

प्रतिक्रियाहरु

[anycomment]