वर्तमान संकटको निकास नेकपाको नेतृत्व र समाजवादी गणतन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको निकास नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र समाजवादी गणतन्त्र भएको ठोकुवा गरेका छन्। सोमबार टिभी टुडेको चक्रब्युह कार्यम्मा बोल्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको कारक गणतन्त्र भएकोले यसको समाधान अग्रगामी , क्रान्तिकारी हुनुपर्ने बताउदै प्रतिगमन र राजन्त्र हुनै नसक्ने ठोकुवा गरे। उनले गणतन्त्रको बिकल्प राजतन्त्र हुने नसक्ने बताउदै भने – गणतन्त्रको अभ्यासको क्रममा देखिएका सिमा र त्यसका बारेमा प्रश्न उठ्ने गरेको सहि हो। तर यसको समाधान क्रान्तिकारी , अग्रगामी र जनताको प्रतिनिधित्व गर्ने व्यवस्था हो। त्यो व्यवस्था भनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र समाजवादी गणतन्त्र हो ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले २४० बर्षे सामन्तवादी शासन र सत्ता भन्दा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र हजारौ गुणा राम्रो भएको ठोकुवा गरे। उनले अहिलको गणतन्त्र साच्चिकै देश र जनताको गणतन्त्र बन्न नसकेको साँचो भएको तथ्य प्रस्तुत गर्दै अहिलको गणतन्त्र देश र जनताको गणतन्त्र नभएर दलालहरुको गणतन्त्र बन्न पुगेको बताए । उनले भने – ‘अहिलको गणतन्त्र साच्चिकै देश र जनताको गणतन्त्र बन्न नसकेकोले नै यसको बिरुद्ध जनताले आवाज उठाएका हुन्। यसको बिकल्प खोज्ने पर्छ। त्यो भनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व र समाजवादी गणतन्त्र हो। ‘
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सडकमा हुँदा देश र जनताको एजेन्डा उठाउने र शासन र सत्तामा पुगेपछि पुरानो शासक र सत्ता संचालन गर्न खोज्ने राज्ञितिअक बिचलनताका कारण समस्या निम्तिएको बताउदै यसको समाधान क्रान्तिकारी , अग्रगामी र जनताको प्रतिनिधित्व गर्ने व्यवस्था भएको ठोकुवा गर्दै समाजवादी गणतन्त्रको बिकल्प नभएको बताए।