मिटरब्याजी र प्रशासनको आतङ्कविरुद्ध संघर्षमा उत्रौं

२०८२ बैशाख १७ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले मिटरब्याजी र प्रशासनको राज्य आतङ्कविरुद्ध संघर्ष अनिबार्य भएको उल्लेख गर्दै राज्य आतङ्कको बिरुद्ध जनतालाई सङ्गठित विद्रोहमा उत्रिन अपिल गरेका छन्। नेता अनिल सीले बुधबार बिज्ञप्ति जारी गर्दै मधेस प्रदेशमा मिटरब्याजी साहू र उनीहरुद्वारा पालिएका पार्टी, प्रहरी, अदालत र सरकारको मिलिभगतमा गरीब-निरुपाय जनतामाथि अकल्पनिय उत्पीडन भएको बताएका छन।
नेता अनिल सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ धनुषा जिल्लामा मात्र लगभग ११ हजारलाई पक्राउ पूर्जी जारी गरिएको र दर्जनौँलाई गिरफ्तार गरिएको छ । पक्राउ पूर्जी काटिएका कैयौं भारत पलायन भएका छन् । कैयौं गाउँबाट विस्थापित भएका छन् । कतिपय सडक किनारमा पालमा रात काट्दै छन् । यस्तो अकल्पनिय राज्य आतङ्क कसको निर्देशनमा किन गरिएको छ ? हाम्रोपार्टी यस्तो राज्य आतङ्कको निन्दा गर्दछ र जनतालाई सङ्गठित विद्रोहमा उत्रिन अपिल गर्दछ ।’
यसैगरी , बिज्ञप्तिमा भनिएको छ – ‘संघीय सरकार र प्रदेश सरकारलाई ज्यादती रोकन पहल गर्न अनुरोध गर्दछ । अन्यथा जनविद्रोहले निम्त्याउन सक्ने घटना र परिस्थितिको जिम्मेबार लुटेरा सूदखोर र उसका मतियारहरु हुनुपर्नेछ । सबै न्यायप्रेमी बुद्धिजिवि, सञ्चारकर्मी र मानव अधिकारवादीहरुलाई मधेस प्रदेशको अवस्थाप्रति संवेदनशील भइदिन अनुरोधसमेत गर्दछ ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीद्वारा मिटरब्याजी र प्रशासनको राज्य आतङ्कविरुद्ध जारी बिज्ञप्ति यस प्रकार रहेको छ – ‘देशमा समाजवाद उन्मुख संविधान जारी भएको १० वर्ष र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि दशक नाघिसकेको छ । तर मधेस प्रदेशमा स्थानीय सूदखोर र जमिनदार तथा प्रहरी, न्यायीक निकाय र राजनीतिक दलको बुर्का ओढेका दुष्टहरूको पञ्चायती तन्त्र चलिरहेको छ ।
२०५२ साल वरपर पहाड र महेन्द्र राजमार्ग वरपर जुन प्रकार र स्तरको सामान्ति शासन चल्थ्यो, आज मद्येश प्रदेशमा त्यसै प्रकारको पीडादायी अवस्था छ । त्यसप्रकारको दमन, शोषण र निरुपाय घेराबन्दीले जनता र जनताको प्रतिनिधि शक्ति तथा पार्टीहरुलाई विद्रोहको दिशामा जान
बाध्यकारी बनाउँदै लगेको छ र दबाव बढिरहेको छ । यसै सन्दर्भमा मधेस प्रदेशमा मिटरब्याजी साहू र उनीहरुद्वारा पालिएका पार्टी, प्रहरी, अदालत र सरकारको मिलिभगतमा गरीब-निरुपाय जनतामाथि अकल्पनिय उत्पीडन भएको छ । धनुषा जिल्लामा मात्र लगभग ११ हजारलाई पक्राउ पूर्जी जारी गरिएको र दर्जनौँलाई गिरफ्तार गरिएको छ । पक्राउ पूर्जी काटिएका कैयौं भारत पलायन भएका छन् । कैयौं गाउँबाट विस्थापित भएका छन् । कतिपय सडक किनारमा पालमा रात काट्दै छन् । यस्तो अकल्पनिय राज्य आतङ्क कसको निर्देशनमा किन गरिएको छ ? हाम्रोपार्टी यस्तो राज्य आतङ्कको निन्दा गर्दछ र जनतालाई सङ्गठित विद्रोहमा उत्रिन अपिल गर्दछ ।
संघीय सरकार र प्रदेश सरकारलाई ज्यादती रोकन पहल गर्न अनुरोध गर्दछ । अन्यथा जनविद्रोहले निम्त्याउन सक्ने घटना र परिस्थितिको जिम्मेबार लुटेरा सूदखोर र उसका मतियारहरु हुनुपर्नेछ । सबै न्यायप्रेमी बुद्धिजिवि, सञ्चारकर्मी र मानव अधिकारवादीहरुलाई मधेस प्रदेशको अवस्थाप्रति संवेदनशील भइदिन अनुरोधसमेत गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]