नेकपा (माओबादी)द्वारा कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पुर्याउने उदघोष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी -माओवादी) ले कम्युनिस्ट आन्दोलनलाई लक्ष्यमा पुर्याउने उद्घोष गरेको छ । सो पार्टीको हालै सम्पन्न नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र रक्षा गर्दै लक्ष्यमा पुर्याउने उद्घोष गरेको हो।
नेकपा -माओबादी)को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, समाजवादका लागि आफैप्रति निर्मम बन्ने र रूपान्तरणका लागि सहयात्री दल र नेताहरुलाई आह्वान गर्ने नीति लिएको छ । सो पार्टीले देशको रक्षा गर्न देशभक्त शक्तिसँग सहकार्य गर्ने र अप्ठ्यारो ठाउमा पुगेको कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण र रक्षा गर्न अहम् भूमिका लिने निर्णय समेत लिएको बताइएको छ ।
उक्त बैठकले पार्टीले गरेको बैचारिक हस्तक्षेप , कार्यदिशाको वैज्ञानिकीकरण , यस बिचमा प्राप्त उपलब्धिहरुको रक्षा र भावी जिम्मेवारीको बहन र चुनौतिहरुको सामना गर्नका निम्ति पार्टीले आफुलाई तयार गर्नुपर्ने निष्कर्षसहित सगठनको अधिबेशनसम्म पार्टीलाई पुर्णरुपमा सुदृढ र विकास गर्नको निम्ति अहिलेको केन्द्रिय समितिलाई महाधिबेशन आयोजक समितिमा बदलेको छ ।
यसैगरी , उक्त बैठकले जेनजी आन्दोलन पछि नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलनका बिरुद्ध साम्राज्यवादीहरुले गरेको षड्यन्त्र र हमलाको प्रतिवाद गर्ने र नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्नका निम्ति आफैवाट सुरु गरेर नेकपा -माओबादी)को नवौँ महाधिबेशन वाट निर्वाचित केन्द्रिय समितिलाई संगठन अधिबेशन आयोजक समितिमा बदल्ने निर्णय गरेको छ । पार्टीलाई सुदृढ र सुद्धिकरण गर्नका निम्ति आगामी असोज १० गतेदेखि १५ गतेसम्म संगठन अधिबेशन गर्ने निर्णय समेत गरेको छ। साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारीकरण र एकताबद्ध गर्नका निम्ति राजनीतिक शक्तिहरुलाई यसको निम्ति अपिल गर्ने निर्णय समेत गरेको छ।
यसैगरी , उक्त बैठकले जनआधार निर्माण , जनसम्बन्ध सुदृढ र मतदातालाई धन्यवाद दिन जेष्ठ १ गते देखि असर ५ गतेसम्म जनभेटघाट कार्यक्रम संचालन गर्ने , प्रतिनिधि सभाको चुनावको अनुभव र शिक्षा सहित आगामी स्थानीय चुनावको तयारीलाई घनिभूत रुपमा अगाडि बढाउने, राष्ट्रको स्वाधिनतामा अमेरिकाको समाजवादी हस्तक्षेप र नवदलहरूको निरंकुशताका विरुद्धको संघर्षमा मोर्चाबन्दी निर्माण गर्न बामपन्थी , देशभक्त र प्रगतिशील लोकतन्त्रवादी शक्तिहरुसंग पहल छलफल गर्ने , राष्ट्रको स्वाधिनताको विषयमा बुद्धिजीवीहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
यसैगरी , नेकपा -माओबादी)को नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले जेन जी विद्रोह र ततपश्चात् अमेरिकी साम्राज्यवादले नेपाली राष्ट्रमा माथि आएको हस्तक्षेप विरुद्ध देशव्यापी भण्डाफोर गर्ने , mअअ कम्प्याक्ट अन्तर्गत धानखोला – लमही सडक खण्डलाई राष्ट्रिय सहमति बिना निर्माण गरे देशव्यापी भण्डाफोर गर्ने , एनजीओ, आइएनजीओ र मिटर ब्याजीको रिपोर्ट तयार गर्ने, पेट्रोलियम पदार्थ लगायत उपभोक्ता वस्तुमा बढेको मूल्य वृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन र मशाल जुलुस सम्पन्न गर्ने र सुकुम्बासीको उठिबास , ट्रेड युनियनलाई सरकारले लगाएको प्रतिबन्ध विरुद्धको संघर्षलाई सशक्त बनाउने निर्णय समेत गरेको छ।
