नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेकपाका  अध्यक्ष कट्टेलबीच भेटवार्ता

२०८३ बैशाख २३ गते, बुधबार

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि  कट्टेलबीच मंगलबार  भेटवार्ता वार्ता भएको छ।

उक्त भेटवार्तामा  परिवर्तित राष्ट्रिय राजनीतिक  परिस्थिति यसको समस्या र खतराका बिषयमा  गम्भीर छलफल भएको बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेकपाका शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा नेपालको कन्युनिस्ट आन्दोलनको वर्तमान अवस्था  र क्रान्तिकारी कम्युनिस्टहरुको दायित्व , कम्युनिस्टहरुबीचमा सहकार्य , भावी कम्युनिस्ट आन्दोलनको बिकासका बिषयमा समेत   गम्भीर छलफल भएको बताइएको छ।

यसैगरी, उक्त भेटवार्तामा  राष्ट्रको स्वाधिनता र जनाधिकारका मुद्दामा र राष्ट्रिय राजनीतिमा पहल लिनुपर्ने आवश्यकताका  बिषयमा समेत गम्भीरताका साथ छलफल भएको बताइएको छ ।

दुई शिर्षस्थ नेताबीच  भएको उक्त भेटवार्ता  गम्भीर, सकारात्मक  र उपलब्धिमुलक रहेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]