नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र वैज्ञानिक समाजवादीका महासचिव आहुतीबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीबीच बिहिबार भेटवार्ता वार्ता भएको छ। उक्त भेटवार्तामा देशमा बिकसित राजनीतिक घटना क्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका शिर्षस्थ नेताबीच भएको उक्त भेटवार्तामा देशको पछिल्लो अवस्थामा बिकसित राष्ट्रिय राजनीति , सरकारको गतिबिधि , जनाधिकार , नेपालको कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र क्रान्तिकारी कम्युनिस्टहरुको दायित्व एबम् आगामी अख्तियार गर्नु पर्ने बिचार र नीतिबारे गहन छलफल भएको बताइएको छ ।
