नेकपा (माओवादी)द्वारा राजनीतिक भेटलाई तीव्रता

२०८३ बैशाख २८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले विभिन्न राजनीतिक दल र नेतासँगको भेटलाई तिव्रता दिएको छ । जेन–जी आन्दोलन र त्यसपछि बनेका सरकारका कारण देश राजनीतिक, आर्थिक, सास्कृतिक, सामाजिक दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले राजनीतिक भेटघाट र छलफललाई तिव्रता दिएको हो । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरव र नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालबीच छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवबीच भएको भेटवार्तामा जेन जी आन्दोलन र त्यस पछि बनेको बालेन नेतृत्वको सरकारको कार्य , राजनीतिक प्रवृति र यसका अनुकुलता र प्रतिकुलताका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, दुई नेताबीच भएको उक्त भेटवार्तामा राष्ट्रको पहिचान र जनाधिकारबिरुद्धको खतराका बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा देशको वर्तमान राष्ट्रिय राजनीति र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको वर्तमान परिवेश र नयाँ पहलका बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालबीच भएको भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को हालै सम्पन्न नवौं केन्द्रिय समितिको आठौँ पूर्ण बैठकले गरेका निर्णय र नेकपा (माओवादी)ले अगाडि सारेको कार्यनीतिको बिषयमा छलफल भएको बताइएको छ ।
यसैगरी, दुई नेताबीच साम्राज्यवाद र नवादलाल पुँजीपतिहरुको चरित्र र त्यसले देशमा पैदा गरेको खतराका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक अवस्था , कम्युनिस्ट आन्दोलन र दुई पार्टीको दायित्वको बिषयमा समेत घनिभूत छलफल भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]