नेकपा(माओवादी)का संगठन अधिवेशन आयोजक समितिका सदस्य असल पार्टी सदस्यबाट मुक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संगठन अधिवेशन आयोजक समितिका सदस्य असललाई पार्टी सदस्यबाट मुक्त गरेको छ ।
सो पार्टीका महासचिव विप्लव सीले आज एक बिज्ञप्ति जारी गर्दै संगठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टीका विचार, नीति र कार्यक्रमलाई लागू गर्नुको सट्टा सामान्य बाम आन्दोलनतिर कुदेकाले असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट मुक्त गरिएको जानकारी दिएका छन्।

