नेकपा (माओवादी)द्वारा सुस्तामा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध प्रदर्शन गरेको छ। सो पार्टीले आज काठमाडौँको माइतीघर मण्डलामा सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमाको रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गराैँ, भौगोलिक अखण्डताको रक्षा गराैँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा (माओवादी)ले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री माफी माग्नुपर्ने जनाएको छ ।
शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका– ५ थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका थिए ।
