मनसुनी प्रणाली देशभर फैलियो : सतर्कता अपनाउन आग्रह

२०८० असार ८ गते, शुक्रबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली शुक्रबारदेखि देशभर फैलिएको जनाएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिएको र सकृय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]