आज हल्का वर्षको सम्भावना

२०८० कार्तिक ३ गते, शुक्रबार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]