सुकुम्बासीमाथिको ज्यादती अक्षम्य अपराध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखरा महानगरपालिकाले महानगरको वार्ड न ३३ पिप्लेमा रहेका करिव ३० घर परिवारहरुको टहरा भत्काइ सम्वेदनहीन र अमानवीय काम गरेको भन्दै विरोध जनाएको छ । सोमबार नेकपा कास्कीका सेक्रेटरी काजीले एक विज्ञपति जारी गर्दै महानगरको निर्णय र कार्यको विरोध गरेका हुन । सेक्रेटरी काजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘पोखरा महानगरपालिकाको ३३ पिप्लेमा अवस्थित करिव ३० घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ब्याबहार गर्दै नागरिकप्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्काएको घटनाप्रती हामी घोर भत्सर्ना गर्दछौ । भु- माफियाहरुले हजारौं रोपनी जमिन हडब्दा नदेख्ने, सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ। सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिकप्रतिको अक्षम्य अपराध हो। सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यान आकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाई सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ । ‘