महासचिव विप्लवद्वारा हुम्लाका अंक बुढाको निधनप्रति शोक व्यक्त

२०७९ माघ ८ गते, आईतवार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य निर्माण र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य सिङ्ग बुढाका ७९ वर्षीय बुवा अंक बुढाको निधनप्रति गहिरो दुख प्रकट गर्दै शोक व्यक्त गरेका छन।आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले बुढाको निधनले पार्टी , पार्टीका नेताकार्यकर्ता र नेतृत्वलाई दुखित तुल्याएको भन्दै शोक व्यक्त गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ: ” हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वार्ड न ५ डोप्कामा जन्मिनु भएका बुवा अंक बुढाको निधनप्रति पार्टी गहिरो दुख व्यक्त गर्दछ।
दुखको यस घडिमा कमरेड निर्माण र सिङ्ग बुढा लगाएत उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न हार्दिक अनुरोध गर्दछौं ।उहाँको निधनको खबरले पार्टी र पार्टीका तमाम नेता कार्यकर्तालाई दुखित र स्तब्ध तुल्याएको छ।उहाँले समाज , पार्टी , क्रान्ति र परिवर्तनको पक्षमा पुर्याएको योगदानप्रति सम्मान र स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु