एमसीसी कुनैपनि मूल्यमा रोक्नु पर्छ ‘

२०८० भाद्र १२ गते, मंगलवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमसीसी कुनैपनि मूल्यमा रोक्नु पर्ने बताएका छन । नेकपाले एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कट्टेलले सो कुरा बताएका हुन् ।
उनले एमसीसी खारेजको आन्दोलनको अगुवाई गर्नुपर्ने र एमसीसी कार्यान्वयन गर्ने कुरा साम्राज्यवादको युद्ध अपराध भएको भन्दै यो कुनै पनि हालतमा रोक्नुपर्ने बताए ।
अध्यक्ष कट्टले भने -‘आम नेपाली जनता एमसीसीको पक्षमा छैन । यो कार्यान्वयन गर्ने पक्षमा पनि छैनन् । यो कार्यान्वयन गर्ने कुरा हुनै सक्दैन । यो नेपाली जनताका विरुद्धको सैन्य रणनीति र आक्रमण हो ।
उनले माधव नेपाल, प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाका कारण एमसीसी पास भएको जिकिर गर्दै उनीहरु राष्ट्रघाती भएको बताए । उनले राष्ट्रघातीहरुलाई जनताबाटै नंग्याउनु पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]