‘एमसीसी खारेज हुने दिशामा गयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी कार्यान्वयनमा जान नसक्ने ठोकुवा गर्दै पहिले बाेलपत्र नै लागू गर्न नसक्ने अवस्था आएकाले लागू गर्न कानुनी उल्झन पैदा भएको बताएका छन् । साेमबार पाेखरामा आयोजित ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न ‘ विषयक गाेष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै उनले साे कुरा बताएका हुन् ।
नेता अनिल सीले एमसीसी र नेपाल सरकारबी =च भएकाे सम्झौता अनुसार सम्पन्न हुने समय र बजेट अपुग भैसकेको र वातावरणणिय मूल्यांकन प्रतिवेदन (IAE) नक्कली गरिएको समेत खुल्न आएको कारण सम्झौता अनुसार एमसीसी अघि नबढ्ने ठोकुवा गरे ।

उक्त कार्यक्रममा वामपन्थी विश्लेषक तथा लेखक रामराज रेग्मीले पेन्टागनकाे प्रत्यक्ष नियन्त्रणमा लगानी गर्न एमसीसी गठन गरेको बताए ।
त्यसैगरी प्राध्यापक परशुराम काेइरालाले अमेरिका नेपालकाे विकास गर्ने नभएर प्राकृतिक श्राेत दाेहन गर्न र चीन घेर्न आएको बताए ।
कार्यक्रममा काङ्ग्रेसका विष्णु अधिकारी, विश्वहिन्दु महासंघका विष्णु तिवारी, नागरिक समाजकाे राम बहादुर पाैडेल, ब्राह्मण समाजकी विष्णु सुवेदी, रापमाेका शंकर बराल र जसपाका रुद्र गुरुङले आ-आफ्नो संस्थाकाे धारणा राखेका थिए । कार्यक्रम राजन सीकाे अध्यक्षतामा भएकाे प्राप्त समाचारमा जनाएको छ ।