प्रधानमन्त्रीकाे स्वकीय सचिवालयवाट १३ जना कर्मचारी हटाइए

२०८० माघ ३ गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारी हटाइएका छन्। सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलाई जानकारी गराइएको पत्रमा यही १ माघबाट लागू हुने गरी ती कर्मचारीलाई हटाइएको जनाइएको छ । उक्त पत्रमा
५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको उल्लेख छ।
सचिवालय ठूलो भएको भन्दै यसअघि नै कर्मचारी हटाउने तयारी भइरहेको थियो। प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको दिन कार्यशैली सुधारदेखि सचिवालयलाई पनि चुस्त बनाउने घोषणा गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु