समाजवादका लागि सम्पुर्ण कम्युनिष्ट एकजुट हुन आवश्यक

२०८१ श्रावण १९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले समाजवादका लागि सम्पुर्ण कम्युनिष्ट एकजुट हुन आवश्यक भएको बताएका छन। नेकपा भिमदत्त नगर कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता विराट सीले नेपाली विशेषताको समाजवाद स्थापनार्थ सम्पुर्ण कम्युनिष्ट तथा वामपन्थी शक्ति एकजुट हुन आवश्यक रहेको बताए। २०८४ लाई मिशन समाजवादका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै सम्पूर्ण कार्यकर्ता समाजवादी मिशनमा केन्द्रीत हुन अनुरोध गरे।
भिमदत्त नगर इन्चार्ज सुनिल सीको अध्यक्षतामा भएको उक्त प्रशिक्षणमा नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरूमा अखिल समाजवादीका सुदूरपश्चिम सह -इन्चार्ज शंकर सी, विद्यार्थी नेताहरू ललित सी, सुरेन्द्र सी,अनिल सी, समाजवादी ट्रेड युनियन महासंघका नेता प्रितम सी लगायत रहेका थिए।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अन्य अतिथिहरूले वैज्ञानिक समाजवादका लागि जनसंघर्ष अनिवार्य रहेको बताएका थिए। कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले लगायत पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु