चैत्रदेखि साझा बसचैत्रदेखि साझा बस

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । राजधानीका बासिन्दाहरुले चैतको पहिलो सातादेखि साझा यातायातका अत्याधुनिक बसहरु चढ्न पाउने भएका छन् । यी बसहरुमा ५४ सिट क्षेमता रहेका छन् । साझा यातायातले यस्ता १६ वटा बस खरिद गरिसकेको जनाएको छ । बसहरु फागुनको दोस्रो सातादेखि सञ्चालन गरिने भनिएको थियो तर केही प्रक्रिया पूरा गर्न बाकी रहेको कारणले आगामी चैतको पहिलो सातादेखि सञ्चालन गरिने कुरा साझा यातायात जनाएको छ । यी बसका लागि रुट परमिट र गाडी दर्ताको काम बााकी रहेकाले अब सबै प्रक्रिया सकेर संचालनमा आउनेछन् । अहिले बसमा डिजाइनिङ र लोगो राख्ने काम भइरहेको बताइएको छ । राजधानीमा साझा बस सुरुमा दुईवटा रुटबाट सञ्चालान गरिने छ । बसमा दुईवटा ढोका हुने र ती ढोका खोल्ने र बन्द गर्ने काम चालकको नियन्त्रबाट हुने बताइएको छ । यी बसहरु भारतको टाटा कम्पनीबाट खरिद गरिएको तथा एउटा बसको भन्सारसहित करिब ३२ लाख रुपैया मूल्य परेको कुरा साझाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]