आजदेखि लोडसेडिङ घटयो

२०७० बैशाख २२ गते, आईतवार


काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक दुई घन्टा लोडसेडिङ घटाएर दिनमा आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ ।विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार तय गरिएको तालिका अनुसार बिहानको समयमा चार घन्टा र साँझको समयमा चार घन्टा विद्युत् कटौती हुनेछ। बढी विद्युत् चुहावट हुने स्थानमा भने चुहावटको दर अनुसार नै थप विद्युत् भार कटौती हुने प्राधिकरणले जनाएको छ। मुलुकभर करिब एक हजार मेगावाट विद्युत् माग भएपनि हाल करिब ५८० मेगावाट मात्रै आपूर्ति भइरहेको छ।
पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आ>जनाबाट उत्पादन बढेको, हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु