झुलाघाट नाका बन्द

२०७९ असार २२ गते, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले भारतसँग सीमा जोडिएको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको जानकारी दिए । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व हाँसो दिवस मनाइँदै

२०८३ बैशाख २० गते, आईतवार

यो साताभर वर्षाको सम्भावना

२०८३ बैशाख २० गते, आईतवार