फरार रहेकी इच्छाराज तामाङकी श्रीमती पक्राउ

२०७९ श्रावण ४ गते, बुधबार

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती पक्राउ [अरेकी छिन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेपछि इच्छाराज पक्राउसँगै हाल थुनामा रहेका छन् । श्रीमान पक्राउसँगै थुनामा रहँदा सीआईबीले यस काण्डमा मुछिएकी श्रीमती सिर्जनाको पनि खोजी गरिरहेको थियो । तर, उनी फरार रहँदै आएकी थिइन् । सिभिल सहकारीमा बचतकर्ताको पाँच अर्बभन्दा बढी रकम हिनामिनामा सिर्जनासहित १२ जना प्रतिवादी सहभागी रहेका छन् । सीआईबीले त्यही कसूरमा फरार रहेकी उनलाई पक्राउ गर्न सफल भएको छ । हाल पूर्वसांसद समेत रहेका इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ थुनामा रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार