नेकपा कैलालीद्वारा घरदैलो कार्यक्रम

२०७९ कार्तिक २९ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कैलालीले जिल्लाको चिसापानी देखि बनबासा पुलसम्म घरदैलो र प्रचारात्मक अभियानलाई तिव्रता दिएको छ।आगामी मङ्सिर ४ गते हुने भनिएको चुनावको औचित्य नभएको भन्दै चुनाव खारेजको कार्यनीति लिएको नेकपाले देशव्यापी प्रचारप्रसार अभियान अन्तर्गत कैलालीमा पनि जनताको घरदैलोमा नै पुगेर नागरिकलाई सुसज्जित गर्न थालिएको हो।
नेकपा कैलालीको प्रचारप्रसार तथा घरदैलोको क्रममा रास्ट्रघाती, भ्रष्ट र एमसिसि पक्षधर उम्मेदवारलाई बहिष्कार गरौ, मङ्सिर ४ को कथित चुनाव खारेज गरौ भन्दै वालिङ् , पोस्टरिङ लगाएत प्रचारप्रसारका कामहरु तिव्र पारिएको बताइएको छ।अभियानमा युवा सङ्गठन नेपालका उपाध्यक्ष दिनेश सी, जिल्ला सेक्रेटरी विनोद सी र टिकापुर सेक्रेटरी जनक सी को अलग अलग टिम सहित घरदैलो गरिएको उल्लेख गरिएको छ भने जन भेटघाटका क्रममा कैलालीका झण्डै८० हजार सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा वर्सौ देखि प्रयोग गरिदै आएको, जनतालाई सधैं झुटाआश्वासन मात्रै दिने तर चुनाव जिति सके पछि जनताका समस्याहरु कहिल्यै सम्बोधन नहुने समस्या रहेको कुरा स्थानीयबासीले बताएको कुरा एक जना अभियानकर्मीले हाम्रा सम्वादातालाई जानकारी दिएका छन।- पृथ्वी लुहार

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार