स्वर्गीय कमानसिंह भुजेलको स्मृतिमा वृक्षरोपण र सहयोग प्रदान

२०८० बैशाख १० गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य शिलु सीका ९० बर्षिय बुवा कमान सिंह भुजेलको निधन भएको तेस्रो दिनको सन्दर्भमा वृक्षरोपण गरिएको छ। शनिबार भरतपुर वडा न २४ स्थित उन्नतिटोलमा केवी, अलैंची फुल र गल्मर गरि तीन थरी बिरुवा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य प्रज्वलन सी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो।
भुजेलको निधनको चौथो दिन अर्थात आइतबार टोल उन्नति बिकास समिति र समुन्नति टोल बिकास समितिद्वारा संयुक्त रुपमा शोकसभा गरिएको छ भने शोकसभामा वडा अध्यक्ष राम बहादुर गोदारले प्रमुख अतिथिको रूपमा शोक मन्तव्य राखेका थिए ।कार्यक्रमको अध्यक्षता स्थानीय बीरबहादु बिक र सञ्चालन रामबहादुर थापाले गरेको बताईएको छ।


त्यसै आइतबार भुजेलको परिवारको तर्फबाट प्रभात माध्यामिक बिधालय र आधारभुत बिधालय बयरघारीका २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम बितरण गरिएको छ भने उक्त कार्यक्रममा कमान सिंह भुजेलका जेठा छोरा गङ्गाबहादुर भुजेलले कार्यक्रममा सहभागीलाई धन्यवाद मन्तव्य दिएका थिए।

नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले समाजमा रहेको जात व्यवस्थाको विकल्पमा सी जातिको निर्माण गर्ने र सी जातिको जन्म , मृत्युु र बिबाह सम्बन्धि नयाँ सस्कार अवलोकन गर्ने निर्णय अनुसार नेतृ शिलुका बुवा कमान सिंह भुजेलको निधनमा समेत सोही अनुसार मृत्यु सस्कार सम्बन्धि मान्यता कार्यान्वयन गरिएको हो भने यस अघि नै नेकपा महासचिव विप्लव र नेकपा पोलिटब्युरो सदस्य आदर्श सीले आ आफ्नो परिवारमा सी जातिको मान्यता अनुसारको सस्कार लागु गरिसकेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार