विश्व आदिवासी दिवस मनाइदैं

२०८० श्रावण २४ गते, बुधबार


काठमाडौँ । आज अगस्ट ९ अर्थात २९औँ विश्व आदिवासी दिवस । विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
“आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकाल्ने कार्यक्रम पनि रहेको छ ।
राष्ट्रसंघको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ को दिन अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ । यस दिवसको अवसरमा कोशी प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार