कराँतेका प्रशिक्षक सामूहिक बलात्कार प्रकरणमा दोषी ठहर

२०८० कार्तिक १७ गते, शुक्रबार


काठमाडौँ । जिल्ला अदालत मोरङले किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई दोषी ठहर गरेको छ । सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।
करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक–पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए ।

दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक–पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो । करणीका क्रममा उनीहरुको भिडियो पनि बनाएको पीडितको दाबी थियो । तर अनुसन्धानका क्रममा भिडियो फेला परेको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार