सहिद महानको स्मृतिमा घोराहीमा रक्तदान कार्यक्रम
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले शनिबार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा घोराही उपमहानगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
एकीकृत जनक्रान्तिका महान सहिद महानको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सी, पार्टी शन्तिनगरका इञ्चार्ज जनक सी, पार्टी घोराहीका सेक्रेटरी महान सी, पार्टीका जिल्ला सदस्यद्वय जगत सी र कमरा सी, अखिल समाजवादीका दाङ जिल्ला इञ्चार्ज खुमन सी, युवा संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज पदम सी, अखिल समाजवादी दाङका अध्यक्ष खुम सी, युवा संगठन नेपाल दाङका अध्यक्ष शिशिर सीलगायतले रक्तदान गरेको पार्टीले जनाएको छ ।
कार्यक्रममा पार्टीका घोराही उपमहानगरका इञ्चार्ज विकास सीले सहिद महानको संक्षिप्त जीवनी वाचन गरेका थिए ।
जिल्लामा रगत अभाव हुन नदिन र अस्पतालमा रहेका बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यसहित रक्तदान गरिएको पार्टी घोराही नगर कमिटीले जनाएको छ ।

 
                 
                             
                             
                         
                        