नेकपाद्वारा गुठी पीडितमाथीको दमनकारी रवैयाप्रति कडा संघर्ष गर्ने घोषणा

२०८१ जेष्ठ २१ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके नेपाल कम्युनिस्ट पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ । नेकपा दाङका सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेका हुन । सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गद्वारी गोरक्ष लगाएत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाई घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज र भोलि वर्षाको सम्भावना

२०८२ चैत्र १३ गते, शुक्रबार

आज रामनवमी

२०८२ चैत्र १३ गते, शुक्रबार

आज चैते दसैँ

२०८२ चैत्र १२ गते, बिहीबार

आज चट्याङसहित वर्षाको सम्भावना

२०८२ चैत्र १२ गते, बिहीबार