‘ बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगरौँ’

२०८३ आश्विन ७ गते, बुधबार

काठमाडौँ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरेका छन् । महासंघले विज्ञप्ति जारी गरी अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न आग्रह गरेको हो
उसले बिहीबारदेखि असोज १२ सम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको हो। यो साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत रहन भनेको छ। यस्तै सवारी साधन लैजानुअघि सम्बन्धित सडक खण्डको अवस्था र मौसम सम्बन्धी विवरण अनिवार्य रूपमा बुझेर मात्र यात्रा शुरु गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]