देशका विभिन्न राजमार्ग अवरूद्ध
काठमाडौँ । प्रहरी प्रधान कार्यालयका अनुसार देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण राजमार्गहरू अवरुद्ध भएका छन् । कार्यालयले बिहीबार बिहान साढे ७ बजे अपडेट सार्वजनिक गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो। खोटाङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ६:४० बजे खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ दौतेखोलामा ढुंगासहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको हाे ।
अर्घाखाँचीस्थित सालझण्डी(ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ७: ९ बजे अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुङग्रेखोला नजिकै सालझण्डी-ढोरपाटन सडकमा लेदोसहितको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
