पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोहीको निधन

२०८३ श्रावण १७ गते, आईतवार


काठमाडौँ । पाकिस्तानको चुनौतीपूर्ण काराकोरम पर्वत शृङ्खलाअन्तर्गत आठ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहण गर्ने क्रममा गएको भयानक हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोहीको असामयिक निधन भएको छ।
पर्वतारोहणको इतिहासमा असम्भव मानिएका चुनौतीहरूलाई समेत आफ्नो दृढ इच्छाशक्ति र साहसका बलमा सम्भव तुल्याएर नयाँ मानक स्थापित गर्नुभएका साहसी आरोही पुर्जाको निधनले नेपालको साहसिक पर्यटन क्षेत्र मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय र विश्वभर रहेका उहाँका लाखौँ समर्थक तथा शुभेच्छुकहरूलाई गहिरो स्तब्ध बनाएको छ।
उनको निधनपछि देशका कार्यकारी प्रधानमन्त्रीदेखि लिएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, पर्यटन क्षेत्रका अगुवाहरू, सहकर्मी पर्वतारोहीहरूका साथै विदेशी शुभेच्छुक र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

यसैबीच, पेरूको विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र नाज्का लाइन्समाथि हवाई अवलोकन गराइरहेको एउटा सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम र पेरूका अधिकारीहरूले शनिबार भएको दुर्घटनाको पुष्टि गरेका हुन्।
दुर्घटनामा परेको विमान सेस्ना क्याराभान सी–२०८ रहेको जनाइएको छ। विमान स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको थियो। नाज्का लाइन्समाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला विमान अचानक दुर्घटनामा परेको हो।
विमानमा ११ जना विदेशी पर्यटक र दुई जना पाइलट सवार थिए। पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुने पर्यटकमध्ये दुई जना जर्मनीका, दुई जना स्पेनका र सात जना इटालीका नागरिक थिए। दुर्घटनामा परेका सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरीका मेजर होर्खे आन्द्रादेले समाचार संस्था एएफपीसँग कुरा गर्दै दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार गर्न नसकिएको बताएका छन्। उनका अनुसार हालसम्म चार जनाको शव फेला परिसकेको छ भने अन्य शवहरूको खोजी तथा पहिचान गर्ने काम जारी छ।
दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। सम्बन्धित निकायले घटनास्थलको निरीक्षण सुरु गरिसकेको छ भने प्राविधिक र मौसमसम्बन्धी सबै पक्षलाई समेटेर विस्तृत अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनामा परेको विमान स्थानीय एअरलाइन एरोडियानाको रहेको जनाइएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, सम्बन्धित सरकारी निकायसँग पूर्ण सहकार्य गर्ने र निर्देशनअनुसार आफ्ना उडान तालिकाको समीक्षा गर्ने जनाएको छ।
नाज्का लाइन्स क्षेत्रमा यसअघि पनि यस्ता हवाई दुर्घटना भएका छन्। सन् २०२२ मा एउटा सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको थियो भने सन् २०१० मा सोही क्षेत्रमा भएको अर्को विमान दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए। लगातार भइरहेका यस्ता दुर्घटनाले पर्यटक उडानको सुरक्षामाथि फेरि प्रश्न उठाएको छ।
दक्षिणी पेरूको मरुभूमिमा अवस्थित नाज्का लाइन्स हजारौँ वर्षअघि बनाइएका विशाल रहस्यमय आकृतिका कारण विश्वभर चर्चित छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका चराचुरुङ्गी, जनावर र ज्यामितीय आकृतिहरू जमिनबाट स्पष्ट देखिँदैनन्। त्यसैले हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटक साना विमानमार्फत आकाशबाट यी अद्भुत आकृतिको अवलोकन गर्न पुग्ने गर्छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु