सपिङमलमा बन्दुकधारीको आक्रमण: ३ जनाको मृत्यु

२०७९ असार २० गते, सोमबार

काठमाडौँ । डेनमार्कको कोपनहेगनस्थित एक सपिङ मलमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र अन्य दुई जना युवा रहेको बताइएको छ । गोली लागेर थप तीन जना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर रहेको छ । दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आक्रमण गर्ने २२ बर्षिय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकसँग आज न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ । आक्रमणको कारण खुलेको छैन । प्रहरीले आक्रमणलाई आतंकवादी कार्यको संज्ञा दिएको छ ।
प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको प्रतिक्रिया दिएका छन् । डेनमार्क की रानी मार्गरेट, युवराज फ्रेड्रिक र युवराज मेरीले संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । छिमेकी राष्ट्रका नेताहरूले गोलाबारीबारे चिन्ता र पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । आक्रमणपछि बेलायती गायक ह्यारी स्टाइल्सको कन्सर्ट रद्द गरिएको छ । डेनमार्कको शाही परिवारले युवराज फ्रेड्रिकले आयोजना गर्ने भनिएको एक भोज पनि रद्द भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]