क्रिसमस मार्केटमा आक्रमण :दुई जनाको मृत्यु ६८ जना घाइते

काठमाडौँ । जर्मनीको माग्देवर्गको क्रिसमस पार्टीको भिडमा कार गुडाए पछि दुई जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन्। घाइतेमध्य १५ जना गम्भीर छन्। घटनामा एक ५० वर्षीय साउदी अरेबियालाई शंका गरि गिरफ्तार गरिएको छ।
जर्मनीको क्रिसमस मार्केटमा पहिलो पटक आक्रमण भएको भने होइन। आठ वर्षअघि इस्लामिक सङ्गठनसँग निकट शरणार्थी प्रयासमा असफल एक व्यक्तिले सोही ढङ्गले कार चलाउँदै गर्दा १२ जनाको ज्यान गएको थियो।
अनिस अम्रि नाममा उनी भागेका थिए। धेरै पछि उनलाई मिलानमा प्रहरीले गोली प्रहार गरेको थियो। घटनापछि साउदी अरेबियाले जर्मन नागरिकप्रति दु:ख व्यक्त गरेको छ। घटनापछि प्रहरीले पनि यसका बारे जानकारी दिइसकेको छ। जानकारी अनुसार सो घटनामा आरोपित व्यक्ति सन् २००६ मा जर्मनी पुगेका थिए। – एजेन्सी