चान–होम चक्रवात पूर्वी जापान पुग्यो

२०८३ श्रावण २७ गते, बुधबार


काठमाडौँ । जापानको मौसम विज्ञान विभाग (जेएमए) ले चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधवार अवतरण गरेको जनाएको छ । जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो–कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ ।
यस वर्षको १५ औँ टाइफुन, पूर्वबाट पश्चिममा सर्दै टोकियोको उत्तरपूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात भएको जेएमएले जनाएको छ ।
चक्रवातका कारण उत्तरपूर्वी जापानको इवाटे प्रान्तमा दुई जना, साथै इबाराकी प्रान्तमा चार जना र तोचिगी प्रान्तमा एक जना गरी सात जना घाइते भएको जिजी प्रेसले बुधबार आगो र प्रकोप व्यवस्थापन विभागलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।
मौसम अधिकारीहरूले तोहोकु, टोकाईको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा २४ घण्टामा १२० मिमी सम्म वर्षा हुने पूर्वानुमान गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]