विदेशी पर्यटकलाई ई-भिसा

२०८० माघ २६ गते, शुक्रबार


काठमाडौँ । अध्यागमन विभागले विदेशी पर्यटकलाई ई-भिसा दिने भएको छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङले आजदेखि ई‍-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक शुरुवात गर्न लागेको जानकारी दिए।
महानिर्देशक तामाङले बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको बताए। उनले अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने बताए।
यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन गर्न सक्नेछन्। केही समय अघिदेखि परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागेको महानिर्देशक तामाङले बताए । उनले अध्यागमन विभाग र कार्यालयहरूलाई पूर्णरूपमा प्रविधियुक्त र स्वचालित बनाएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार