२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो । कालोसूचीमा पर्ने एक भारतीय कम्पनी पनि रहेको छ। विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको छ।
यस्तै आइएस कन्स्ट्रक्सन कम्पनीलाई पनि तीन वर्ष कालोसूचीमा राखिएको छ। यो कम्पनीलाई सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ। कालोसूचीमा परेकाहरुले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार