पर्यटन बोर्डमा तत्काल काम सञ्चालन गर :अख्तियार

२०७१ असार ४ गते, बुधबार


काठमाडौं, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयका सचिवलाई पत्र काटी लामो समयदेखि काम ठप्प रहेको पर्यटन बोर्डमा तत्काल काम सञ्चालन गर्न निर्देशन दिएको छ ।अख्तियारले पर्यटन बोर्डमा तीन दिनभित्र सम्पूर्ण काम सञ्चालन गर्न निर्देशन दिंदै मन्त्रालयका सचिव सुशील घिमिरेलाई लिखित रुपमै ध्यानाकर्षण गराएको हो ।तोकिएको अवधिभित्र काम सञ्चालन नभए बोर्ड र मन्त्रालयका जिम्मेवार कर्मचारीमथि भ्रष्टाचारको मुद्दामा कारबाही गर्ने चेतावनी पनि अख्तियारले दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु