नेपालको पर्यटन प्रवद्र्धनका लागि दिल्लीमा सांस्कृतिक कार्यक्रम

२०७१ असार १४ गते, शनिबार


काठमाडौँ ।भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि विभिन्न प्रयासहरु हुँदै आएका छन् । केही दिन पहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोगमा भारतको राजस्थानमा भएको एक कार्यक्रममा भारतीय पर्यटन व्यवसायीले पोखरामा सात तारे होटल खोल्ने घोषणा गरेका थिए । लगानीको वातावरण भएमा भारतीय लगानीकर्ता नेपाल आउन कुनै समस्या नरहेको स्पष्टै छ । र, भारतमा जति धेरै नेपालबारे सकारात्मक चर्चा बढी गर्न सकिन्छ, त्यति नै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सम्भव हुन्छ ।भारतीय नागरिकलाई नेपालको कला, संस्कृति, भेषभूषा, रहनसहन र नेपालका मुख्य पर्यटकीय गन्तव्यहरु एवं धार्मिक तीर्थस्थलहरुको बारेमा जानकारी गराउन सके उनीहरुलाई नेपाल घुम्न आउन उत्पेरित गर्न सकिन्छ । सायद, पछिल्ला दिनमा अरु केही गर्न नसकेपनि नेपाली दूतावासलाई माध्यम बनाएर यी केही कामहरु हुन थालेको देखिन्छ । आगामी जुलाई १३ तारिकमा पनि गन्तव्य नेपालका लागि भारतीयलाई आकर्षित गर्न नयाँ दिल्लीमा विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको छ । नेपाली दूतावासको संयोजनमा मोर्डन इरा टुर्स एण्ड ट्राभल्स कम्पनीले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रममा भारतीय पर्यटकलाई कसरी नेपाल भित्र्याउन सकिन्छ भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको मोर्डन इराका नयाँ दिल्ली प्रवक्ता कृष्ण गैरेले बताए । कार्यक्रममा नेपालबाट जाने कलाकारहरुले सांस्कृतिक कार्यक्रममार्फत भारतीयहरुलाई नेपालबारे जानकारी गराउनेछन् । प्रवक्ता गैरेले भने , ‘करिब तीनसय भारतीय पर्यटन व्यवसायीलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य लिइएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार