कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते

२०८१ श्रावण १९ गते, शनिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा आगामी भदौ २५ र २६ गते हुने जनाएको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ । बोर्डले दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने जनाएको छ ।
सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ। उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार