‘सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन हो’

२०८१ भाद्र ५ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलन कै पुरक आन्दोलन भएको बताएका छन्। सामना परिवारद्वारा आयोजित १ महिने विधागत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।
उक्त अवसरमा महासचिव विप्लव सीले दलाल पुँजीवाद र साम्राज्यवादले नेपाली जनतालाई थिची रहेको बताउँदै यसबाट मुक्ति पाउन नेपाली विशेषताको समाजवाद अनिबार्य भएको बताए।
उक्त कार्यक्रममा काठमाडौ जिल्ला इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य माइला सी ,केन्द्रिय सदस्य चिरन सी,अडिग सी ,आरोह सीको उपस्थिति थियोे ।
उक्त कार्यक्रममा जनवादी गायक आरोह सीलगायतले क्रान्तिकारी धुबाट स्वागत गरेका थिए । कार्यक्रममा लुम्बिनी र भेरी ब्युरोका कलाकारलगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको अध्यक्षता सामना परिवारका सचिव चन्दन सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]