राजतन्त्र स्थापनाको सपना पानीको फोका !

२०८२ बैशाख ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम काभ्रे जिल्ला इन्चार्ज बिन्दु सीले राजतन्त्र स्थापनाको सपना पानीको फोका जस्तो भएको ठोकुवा गरेकी छन। नेपाल कम्युनिस्ट पार्टी काभ्रेद्वारा शुक्रबार बनेपामा आयोजित यथास्थिति र प्रतिगमनकाविरुद्धको कोण सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेको हुन्।
उक्त कोण सभालाई सम्बोधन गर्दै नेता बिन्दु सीले नेपालमा दलाल पुजीवादी राज्यसत्तालाई परास्त गर्दै नेपाली बिशेषताको समाजवादमा जानुको बिकल्प नभएको ठोकुवा गरिन । उनले वर्तमान राज्यको कमजोरीलाई टेकेर प्रतिगमनकारीहरु सलबलाइ रहेको उल्लेख गर्दै २५० बर्षसम्म नेपाली जनतालाई शोषण गरेको राजतन्त्र स्थापनाको सपना पानीको फोकाजस्तो भएको ठोकुवा गरिन।
नेता बिन्दु सीले अबको निर्विकल्प बाटो समाजवाद भएको समेत ठोकुवा गरिन ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित उक्त काभ्रे कोणसभाको संचालन पार्टीका केन्द्रीय सदस्य एबम जिल्ला सेक्रेटरी जितबहादुर सीले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार सिद्दिबहादुर सी, केन्द्रीय प्रतिनिधि समिती सदस्य पुर्णमान सी, अखिल (समाजवादी) केन्द्रीय सचिवालय सदस्य मेघेन्द्र सी, जिल्ला पार्टी सचिवालय सदस्य एबम नगर इन्चार्ज रामहरी सी, धुलिखेल इन्चार्ज छत्र सीलगायतका नेता – कार्यकर्ताका साथै स्थानीय जनताको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]