देशभर गर्मी बढ्यो

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य विदहरूले सुझाव दिएका छन् । उनीहरूले गर्मीजन्य रोगको खतरा औल्याएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली देखिएको छैन ।