गीत – झर्नु तलै छ

२०८२ जेष्ठ ३ गते, शुक्रबार


रचना / सङ्गीत : चिरन सी

गर्ज जति झर्नु तलैछ
ढाड, बगरमा लुक्नु छदैछ
कहिले शान्त
कहिले अशान्त,
एकदिन त सागरमा बिलिन हुनुछ ।

मुडा ढलेझै, पतझर गलेझै
ढल्नु र गल्नु त छदैछ एकदिन
बादल उडेझै, घाम डुबेझै
उड्नु र डुब्नु त छदैछ एकदिन ।

धुवाँसरी उड्नु छदैछ
घाटहरुमा पुग्नु छ्दैछ
कहिले बाकस
कहिले मेसिन,
एकदिन त आकासमा बिलिन हुनुछ ।

फुल झरेझै, पहिरो टुटेझै
झर्नु र टुट्नु त छदैछ एकदिन
जुन खुलेझै अतीत लुकेझै
खुल्नु र लुक्नु त छदैछ एकदिन ।

गर्ज जति झर्नु तलै छ
ढाड, बगरमा लुक्नु छदैछ
कहिले शान्त, कहिले भेल
एकदिन त सागरमा बिलिन हुनुछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु