चिरन पुनको ‘यात्रा युगयुगसम्म’ सार्वजनिक

२०८२ जेष्ठ १० गते, शुक्रबार

काठमाडौँ । चिरन पुन अफिसियल युट्युव च्यालनलबाट जिवन्त र शसक्त देशभक्तीपूर्ण गीत “यात्रा युगयुगसम्म” सार्वजनिक भएको छ । गीत सङ्गीतले मानिसको जिवनमा निकै ठुलो प्रभाव पारेको हुन्छ । मानव जिवनमा भोगेका शुख, दुख, पीर, मर्का, शोषण, दमन, उत्पीडन, आँशु, हाँसो, खुशी, प्रेम, विछोड, घर, परिवार, समाज, देश, विदेश, परिर्वतन, खोला, नाला, बन, जङ्गल, हिमाल, प्रकृतिहरु लगायतको बारेमा मानिसले गीत सङ्गीतको माध्यमबाट आफुलाई लागेका, भोगेका र अनुभुत गरेका विषयहरु सरलढङ्गले समाजमा अभिब्यक्ति दिइरहेको हुन्छ, त्यसैले गीत सङ्गीतले समाजको एक पारदर्सी एैनाको काम गरिरहेको हुन्छ ।
प्राणभन्दा प्यारो देश लाग्छ मलाई
साम्यवादी सपना महान लाग्छ मलाई
त्यसैले
मेरो लक्ष्य जुनिजुनिसम्म
मेरो यात्रा युगयुगसम्म,
जुनसुकै मानिसकालागि आफ्नो देश प्यारो लाग्छ र महान लाग्छ । किनकी, देश भनेको जिवन पनि हो । जुनसुकै देशले पनि आफ्नो मानवीय मुल्य, मान्यता, कला, साहित्य, दर्शन, संस्कृति, आर्थिक संरचन र आधार, दुख, शुख, पीर, मर्का र मानवीय जिवनलाई बोकेको हुन्छ र आत्मसाथ गरेको हुन्छ । त्यसैले यो गीतमा आफ्नो प्राणभन्दा पनि प्यारो वस्तुको रुपमा देशलाई सुन्दररुपमा चित्रण गरिएको छ । हरेक मानिसका आफ्ना उदेश्य हुन्छ, लक्ष्य हुन्छ, सपना हुन्छ, योजना हुन्छ भने त्यसैसँग आशुँ हुन्छ, हाँसो हुन्छ, दुख हुन्छ, वेदना हुन्छ, खुशी हुन्छ, जित हुन्छ, हार हुन्छ र आफ्नै कथा एवम् ब्याथाहरु हुन्छन् साम्य समाजको परिवेशलाई सवैभन्दा महान उदेश्यको रुपमा गीतमा चित्रण गरिएको छ । त्यही सुन्दर समना पुरागर्ने यात्रा नै आफ्नो जुनिजुनिको र युुगयुगको हुने प्रस्टकुरा गीतमा समेटिएको छ ।
साम्यवादी सभ्यता कहिल्यै नभुल्नु
शुख दुखमा सधैभरी हिमाल भै दिनु
हजार माईलको यात्रामा कहिल्यै नथाक्नु
नयाँ युगमा पुगेर नयाँ मान्छे भै दिनु
ढिलासुस्ती नगरौ समय रोकिन्न
निरन्तर नहिँडे लक्ष्यमा पुगिन्न
त्यसैले
मेरो लक्ष्य जुनिजुनिसम्म
मेरो यात्रा युगयुगसम्म,
नयाँ युगमा पुगेर नयाँ मान्छे हुने समना सहितको हजारौ माईलको यात्रामा थाकेर लक्ष्यमा पुग्न नसकिने र मानिसको जिवनमा आउने शुख एवम् दुखहरुमा विचलित हुने मानिसहरु कहिल्यै पनि लक्ष्य भेटाउन सक्दैनन भन्दै समयको गतिसँगै आफ्नो निरन्तरको यात्रालाई युगयुगसम्म हिँडाउने आदर्श गीतले बाँडेको छ ।
साँचो साँचो देखेर सत्य सुनाउनु
रातो किताव पढेर कलम चलाउनु
बलिदानको बीर गाथा शिरमा बोकिरहनु
संघर्षको मैदानमा युगको गीत गाउनु
खराब काम गरेर कहिल्यै नबाच्नु
असल काम गरेर अमर भै रहनु,
हरेक तत्थ्यहरुबाट सत्यकुरा खुल्छ, हरेक बलिदानहरुले मानव समाजको बीर गाथा कोरेको हुन्छ, हरेक संघर्षका मैदानहरुमा युगको गीत गाउने जीवननै मानवीय जिवनको मुल्य बोकेको हुन्छ । खराब काम गरेर बाच्नुको जिवनको के मुल्य हुन्छ र ? त्यसैले असल काम गरेरमात्र समाजमा अमर रहँन सकिन्छ भन्ने कुरालाई गीतकारले सुन्दररुपमा प्रस्तुत गरेका छन ।
नेपालको चर्चित गजल गायक राज सिग्देलको आवाजमा रहेको गीत ”यात्रा युगयुगसम्म” को रचना युवा गीतकार प्रेम दर्नालले निकै सुन्दररुपमा समाजका लागि आफ्ना विस्वास, भरोसा र आशावादलाई गीतमा उतारेका हुन । गीतको सङ्गीत वरिष्ठ जनवादी गीतकार एवम् सङ्गीतकार चिरन पुनको रहेको छ । गीतको सङ्गीत संयोजन कुशल एरेन्जर नारायण दङ्गालको रहेको छ । कोरस भोकल एरेन्जर नारायण दङ्गाल, सङ्गीतकार चिरन पुन, गायीका सारदा रसाईली एवम् हेमन्ता बुढाको रहेको छ । गीतको मिक्सिङ एबम् मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । यो गीतमा धेरै नेपालको मुधन्य वाध्यवादकहरुले वाध्यवादन भरेका छन् । ढोलक, तबला, मादल भुवन गन्दर्भ, इसराज सन्तोष श्रेष्ठ, बाशुरी गोपाल देव, सारङ्गी धर्म गन्दर्भले भरेका छन् । नक्साल स्थित अकेस्टीक स्टुडियोमा रेकर्डिङ गरिएको गीतको लिरिकल भिडियोको निमार्ण जितु तामाङले गरेका हुन ।
पुँजीवाद, साम्राज्यवाद, उपभोत्तावाद, समान्तवाद र यथास्थितिवादको चपेटामा परेको नेपाली गीत सङ्गीतको बजारमा एउटा आशावादी गीत एवम् देशभक्तिपूर्ण गीतको निमार्ण र सार्वजनिकिकरण हुनु आफैमा सुखद विषय हो । यात्रा युगयुगसम्मको सम्पूर्ण निमार्ण टिमलाई हार्दिक धन्यवाद ।
गीत हेर्नुहोस –

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु