जेनजी आन्दोलन : होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हानका अध्यक्ष विनायक साहले जेनजी आन्दोलनका कारण हिल्टन होटलसहित २५ अर्ब बराबरको क्षति भएको बताएका छन्।
उनकाअनुसार अर्बौं लगानी भएका संरचनाहरूमा क्षति पुग्दा समग्र पर्यटन क्षेत्रमा नै धक्का लागेकोे छ। हिल्टन होटलसहित धेरै होटलहरूमा पर्यटकहरूले नेपाल आउनका लागि बुकिङ गरेको र संरचना नै ध्वस्त भएको जानकारीले उनीहरूमा गहिरोसँग नराम्रो सन्देश गएको शाहले बताए। जेनजीहरूको एजेण्डामा आफूहरू समेत सहमत भए पनि अराजकता र आगजनी र तोडफोड ठिक नभएको उनको भनाइ छ।
अध्यक्ष साहकाअनुसार झन्डै २४/२५ ओटा होटेलमा क्षति पुगेको छ। अराजकता मच्चाउने र तोडफोड, आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ।