पोखरा सडक महोत्सव पुस १३ गतेदेखि
काठमाडौँ । पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी गराएको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ ।
सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल नारासहित खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्न महोत्सवले मुख्य भुमिका खेल्ने पोखरा सडक महोत्सवको २७ औं संस्करणका संयोजक वसन्त गौतमले बताए । उनका अनुसार महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको बोध गराउने बताए ।
पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा खुला संग्रहालय भएको उल्लेख गर्दै सडक महोत्सवले पर्यटन तथा अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
