अमेरिकाद्वारा इरानमाथि पुन: आक्रमण

२०८३ भाद्र १५ गते, सोमबार

काठमाडौँ । अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो। आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]