मुस्लिम धर्मावलम्बीलाई भोलि (बुधबार)सार्वजनिक बिदा

२०८३ भाद्र ९ गते, मंगलवार


काठमाडौँ । मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि भोलि बुधबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको हो।
२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। मुस्लिम आयोगले मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार बिदा घोषणा गरेको हो।

प्रतिक्रियाहरु

[anycomment]