२०८३ सालको शैक्षिक सत्र वैशाख १५ गते र पठनपाठन २१ गतेबाट

२०८२ चैत्र २७ गते, शुक्रबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुनेछ भने पठनपाठन २०८३ वैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ।
साथै चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ। यसैअनुसार विद्यालयहरूलाई वैशाख २ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । जस अनुसार शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने ,वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने , विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेसागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधार योजना तयार गर्ने रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]