जनतामाथिको ज्यादती नरोकिए सशक्त प्रतिवाद
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले जनतामाथिको ज्यादती नरोकिए सशक्त प्रतिवाद हुने चेतावनी दिएका छन्। बिहिबार सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानद्वारा धनुषाधाममा आयोजित स्मारक अनावरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्।
महासचिव विप्लव सीले देश र जनताको मुक्तिका लागि मृत्युको त्रास नभएको बताउदै क्रान्ति सम्पन्न गरेरै छाड्ने प्रतिबध्दता जनाए । उनले कम्युनिस्टबीचमा नयाँ आधारमा पुनर्गठन आवश्यक भएको बताउदै पुरानो नेतृत्व र बिचारमा हुने एकताको कुनै अर्थ नहुने बताए।
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्य समायोजन समितिका सदस्य तथा साम्सद मातृकाप्रसाद यादवले बल प्रयोग अनरे सम्म सामान्य परिवर्तन समेत हुन नसक्ने तथ्य जेनजी बिद्रोहले पुष्टि गरेको बताए। उनले दक्षिणपन्थी शक्तिसंग एकता गरे पछि माओवादी बिग्रन सुरु गरेको समेत बताए।
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मधेस प्रदेशका इन्चार्ज अनिल सीले कम्युनिस्ट पार्टीहरुले बर्गीय पक्षधरता छोडेकोले देश र जनतामाथि संकट आइ परेको बताए। उनले धनुषामा अहिले पनि चरम सामन्ती उत्पीडन भएकोले प्रतिरोध आन्दोलन उठाउन आवश्यक भएको बताए।
सहिद अजबलाल यादव स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सहिद अजबलाल यादवको जीवनसाथी शिला यादवको अध्यक्षतामा भएको कार्यक्रममा नवल किशोर यादवले स्वागत गरेका थिए । भने उक्त कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेशका संयोजक राजु खड्का, लेखक तथा साहित्यकार रोशन जनकपुरी लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमा धनुषामा रहेका १६ जना सहिद परिवारलाई अभिनन्दन समेत गरिएको थियो।
